सुनचाँदीको भाउ बढ्यो 

४ बर्ष अघि

२0७७ भाद्र १५ सोमबार

सुनचाँदीको भाउ बढ्यो 

काठमाण्डौ भदौ १५ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।