दृष्टीकोण समाचार दार्चुला ,दार्चुलाको नौगाड गाउँपालिकाको नौगाड खोलाले वितण्डा मच्चाए पछि नाैगाडका स्थानीहरूलार्इ घरवार बिहिन बनाएकाे छ । बाढीले दुई वटा आरसीसी पूल बगाएको छ भने धुलीगडा खार खलंगा सडक पूरै अवरुद्ध पारेकाे छ । धुलीगडा, गोगने, सौकेबगर खार सडकको ठाउँ ठाउँमा पहिरो गएपछि एक ठाउँबाट अर्को ठाउँ जाने सडक सञ्जाल अवरुद्ध भएको नाैगाड गाँउपालीका अध्यक्ष प्रेम सिह धामीले जानकरी दिनु भयाे ।
दुइ वटा विद्यालय जोखिममा परेपछि विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए । गाउँपालिका अगाडि रहेको वडा नम्बर ३ को नौगेडेश्वरी प्रावि होपरीगाड र वडा नम्बर ५ मा रहेको समैजी निमावि सौकेबगर विद्यालय जोखिममा परेका छन् । विद्यालयको फिल्ड भत्काइसकेको छ । विद्यालय आउन सक्ने अवस्था नभएपछि विद्यालय बन्द गर्न भनिएको अध्यक्ष धामीले बताउनु भयाे ।
खारको आरसीसी पूल, गोधानीको पूल गरी दुई वटा यसपाली निर्माण भएका पूल बगाएको छ । वडा नम्बर ३ मै रहेको मनवीरसिह ठगुन्नाको किराना पसल बगाएको छ भने यस्तै हरकसिह ठगुन्ना र दलजीत ठगुन्नाको अधिकांश खेती बारी बगाएको छ । धुलीगडा र होपरी जोड्ने गरी गत वर्ष झण्डै २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको कपडे भेलको पर्खाल बगाएपछि सडक पूरै अवरुद्ध भएको हो । यस्तै वडा नम्बर १ को प्रावि लक्सेरीको विद्यालय भवन माथिबाट पहिरो आएपछि विद्यालय पूरै जोखिममा छ भने गोधानी जलविद्युत पनि अवरुद्ध भएको छ ।
गाउँपालिका भवन नजिक रहेका होपरीगाड वस्ती पूरै जोखिममा छ । नौगाड गाउँपालिकाको सिप्टी जोड्ने आरसीसी पूल पूरै जोखिममा छ् । ०७० सालको पछि फेरि नौगाड गाउँपालीकामा ठूलो बाढि आएको अध्यक्ष धामीले बताए ।