बुधबारसम्म मेघगर्जनसहित वर्षा हुने

४ बर्ष अघि

२0७७ भाद्र १५ सोमबार

बुधबारसम्म मेघगर्जनसहित वर्षा हुने


काठमाडौं भदौ १५ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ ।सोमबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ र सुदुरपश्चिम बाहेकका प्रदेशमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । यस्तै, मंगलबार राति गण्डकी, कर्णाली र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । विभागका अनुसार भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्युन चापीय प्रणाली विस्तारी पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिन्छ । बुधबार दिउँसो गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश २ र बागमतीमा एकरदुई स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ । बुधबार राति भने गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुने संभावना छ ।