होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

४ बर्ष अघि

२0७७ भाद्र १५ सोमबार

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल भदौ १५ । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे । भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।