सुदूरपश्चिममा थप एकसय जनामा कोरोना पुष्टि

४ बर्ष अघि

२0७७ भाद्र १५ सोमबार

सुदूरपश्चिममा थप एकसय जनामा कोरोना पुष्टि

कैलाली, भदौ  १५ । सुदूरपश्चिमका थप एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा, डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४० जनामा कोरोना पुष्टि भएको हो ।डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका ४७ जना र दार्चुलाका २ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ। ८८ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ८५ जनाको परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको छ ।अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अछामका १८ जना, कैलाली १५ जना र कञ्चनपुरका ७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै दूरपश्चिममा संक्रमितको संख्या पाँच हजार नौ सय ३ पुगेको छ भने १४ जनाको मृत्यु भईसकेको छ।