स्क्रब टाइफसका ५ बिरामी भेटिए 

४ बर्ष अघि

२0७७ भाद्र १५ सोमबार

स्क्रब टाइफसका ५ बिरामी भेटिए 

दृष्टिकोण समाचार भदौ १५ दार्चुला ।  दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिएका छन । जिल्ला अस्पताल दार्चुलाका अनुसार दार्चुलाका २ महिला र ३ पुरुषगरी ५ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । महाकाली नगरपालिकाका १ पुरुष, मालिकार्जुन गाउँपालिकाका २ जना महिला र १ पुरुष तथा व्याँस गाउँपालिकाका १ जना पुरुषमा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताउनुभयो । उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको छ । एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । अन्य अवस्था भने सामान्य रहेको छ । स्क्रब टाइफसको जस्तै लक्षण भएका विरामी आस्पताल आएपछि परीक्षण गरिएको उहाले बताउनु भयो । यसअघि पनि मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसको लक्षण देखिएको थियो । रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको उहाले बताउनु भयो । किर्नाको टोकाईबाट बँच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केही ओछ्याएर मात्रै बस्नु पर्ने डाक्टर दुवालले जानकारी दिए ।