कोरोना बिरुद्दको लडाइँमा जनता नै सिपाही प्रम ओली

४ बर्ष अघि

२0७७ भाद्र १४ आईतवार

कोरोना बिरुद्दको लडाइँमा जनता नै सिपाही प्रम ओली

काठमाडौं भदौ १४ ।  प्रधानमन्त्री के पी शर्मा ओलीले कोभिड–१९ विरुद्धको जुधाइमा देशवासी नै सिपाही भएर भूमिका खेल्नुपर्ने बताउनु भएको छ । हामी हरेकले लडाइँ गर्नुपर्छ, हामी सबै सिपाही हौँ, सरकारले जारी गरेका आदेशहरु पालना होस् भन्दै प्रधानमन्त्री ओलीले ती आदेशहरु आम जनताको स्वास्थ्यका लागि हो भन्नुभयो । मानवसेवा आश्रमको आठौँ वार्षिकोत्सव समारोहको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकका हरेक नागरिकलाई अवहेलित नभई सम्मानित जिन्दगी जिउन पाउने स्थितिमा पुर्‍याउन सरकार गम्भीर रहेको स्पष्ट गर्नुभयो । मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढसङ्कल्पित रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारले गर्ने काम आश्रमले गरेको भन्दै प्रधानमन्त्री ओलीले राम्रो काममा सरकारको सहयोग हुने बताउनुभयो ।