कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको १० दिनपछि फेरि परीक्षण हुने

४ बर्ष अघि

२0७७ भाद्र १४ आईतवार

कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको १० दिनपछि फेरि परीक्षण हुने

काठमाण्डौ भदौ १४ ।सरकारले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेका व्यक्तिलाई फेरि एक पटकमात्र पीसीआर परीक्षण गर्ने भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएको १० दिनपछि पीसीआर परीक्षण गर्ने र त्यो परीक्षणमा कोरोना नेगेटिभ देखिएमा घर पठाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । यदि १० औँ दिनको परीक्षणमा पोजेटिभ देखिएर पनि कुनै लक्षण नदेखिएमा त्यसको चार दिनपछि परीक्षण नगरिकन नै घर पठाइने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै यस्तो प्रक्रियाबाट बिरामी डिस्चार्ज गर्न लागिएको पनि उहाँले बताउनुभयो ।