नेपालमा थप  १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३८ हजार ५ सय६१ पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र १४ आईतवार

नेपालमा थप  १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३८ हजार ५ सय६१ पुग्यो

काठमाडौं भदौ १४ । नेपालमा थप १२ सय २१ जनामा कोरोना भाइरस कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५ सय६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६७ जना डिस्चार्ज भएका छन् । कहाँ कति थपिए संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४२९ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंका ३७२, भक्तपुरका ४५ र ललितपुरका १२ जना छन् । यस्तै चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, रुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५र२५ जना, नवलपरासीका २१, बाँकेका १४, झापा र डोटीका ११र११ जना छन् । मकवानपुरका ९ जना, पाल्पा र अछामका ८र८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६र६ जना, सिन्धुली, कास्की, गोरखा, प्युठान र दाङका ५र५ जना, ओखलढुंगा र तनहुँका ४र४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३र३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २र२ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका १र१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।