चितवनमा कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

४ बर्ष अघि

२0७७ भाद्र १४ आईतवार

चितवनमा कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

चितवन भदौ १४ । चितवनको चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका वडा नं। १० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु  भएको हो ।उनी निमोनियाका बिरामी थिए । भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।संक्रमण बढ्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको आइतबार मृत्यु भएको कलेजका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए ।अस्पतालमा अहिले ५ जना कोरोना स‌ंक्रमित भेन्टिलेटरमा उपचाररत छन् । चितवनमा मृत्यु  हुने कोरोना संक्रमितको संख्या योसहित ११ पुगेको छ । जसमा चितवनका ५ जना, मकवानपुरका ३, गोरखा र कैलाली र बारा निजगढका एकर एक जना छन् । अनलाईन खबरबाट