डाक्टर र नर्ससहित नौ जनामा कोरोना सङ्क्रमण भएपछि राप्ती प्रादेशिक अस्पताल सिल

४ बर्ष अघि

२0७७ भाद्र १४ आईतवार

डाक्टर र नर्ससहित नौ जनामा कोरोना सङ्क्रमण भएपछि राप्ती प्रादेशिक अस्पताल सिल

दाङ भदौ १४ ।  दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको छ ।अस्पतालमा कार्यरत २ जना डाक्टरसहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो । राप्ती प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा २ जना डाक्टर, २ जना नर्स, ३ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको थियो । तुलसीपुर उपमहानगरपालिका कोभिड(१९ फोकल पर्सन बिमल केसीकाअनुसार गएको बिहीबार अस्पतालमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएको थियो ।ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी गरेको अस्पतालका निमित्त प्रमुख डाक्टर पदमराज अधिकारीले जानकारी दिनुभयो । उज्यालो बाट