विश्वमा कोरोना सङ्क्रमितको संख्या साढे दुई करोड नाघ्यो

४ बर्ष अघि

२0७७ भाद्र १४ आईतवार

विश्वमा कोरोना सङ्क्रमितको संख्या साढे दुई करोड नाघ्यो

काठमाण्डौं, १४ भदौ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या साढे दुई करोड नाघेको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको छ भने तीमध्ये आठ लाख ४६ हजार छ सयभन्दा धेरैको ज्यान गैसकेको छ ।  एक करोड ७५ लाख पाँच सयभन्दा धेरै उपचारपछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ५६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । विश्वमा कोरोना सङ्क्रमितमध्ये झण्डै ७० प्रतिशत निको भएका छन्। कोरोना भाइरसको प्रभाव सबैभन्दा धेरै अमेरिकामा परेका छन् । अमेरिकामा अहिलेसम्म ६१ लाख ३९ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ४६ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ । ३४ लाख आठ हजारभन्दा धेरै निको भएका छन् । दोस्रोमा ब्राजिलमा सबैभन्दा धेरैमा सङ्क्रमण भएको छ । ब्राजिलमा ३८ लाख ४७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख २० हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ब्राजिलमा ३० लाख छ हजारभन्दा धेरै निको भएका छन् । तेश्रोमा भारत रहेको छ । भारतमा ३५ लाख ३९ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण भएकोमा ६३ हजार छ सय ५० भन्दा धेरैको ज्यान गएको छ । २७ लाख १२ हजार पाँच सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।