सुदूरपश्चिमका थप ६० जनामा कोरोना पुष्टि संक्रमितको संख्या ५ हजार ५ सय ६३ पग्यो 

४ बर्ष अघि

२0७७ भाद्र १४ आईतवार

सुदूरपश्चिमका थप ६० जनामा कोरोना पुष्टि संक्रमितको संख्या ५ हजार ५ सय ६३ पग्यो 

धनगढी भदौ १४ ।   सुदूरपश्चिमका थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा र डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका ४७ जना र दार्चुलाका २ जनामा संक्रमण पुष्टि भएको बताए। प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका ४७ जना र शैल्यशिखर नगरपालिकाका एक जना र जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो। यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ। ८८ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार पुर्वीचौकी गाउँपालिका –६ का ८ जना, सोही गाउँपालिकाको वडा नम्बर ७ का एक जना, सायल गाउँपालिकाका एक जना र दिपायल सिलगढी नगरपालिका ४ का एक जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ६३ पुगेको छ।