दार्चुलमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सख्या ५२ पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र १४ आईतवार

दार्चुलमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सख्या ५२ पुग्यो

दृष्टिकोण समाचार भदौ १४ दार्चुला । दार्चुलाका थप दुई जनामा कोरोना सक्रमण पुष्टि भएको छ । आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा दार्चुलाको शैल्यशिखर नगरपालिका एक तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।शैल्यशिखर नगरपालिका ५१ बर्षिय र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत २७ वर्षिय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालय  दार्चुलाले जनाएको छ ।  काठमाण्डौंबाट सरुवा भएर दार्चुला आउनुभएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी जवान क्वारेन्टाइनमा बसेका छन् ।यहि भदौ ७ गते  जिल्लाको शैल्यशिखर नगरपालिकामा ४३ जनाको स्वाब संकलन गरीएकोमा अन्य ४२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलालले जनाएको छ । यस्तै महाकाली नगरपालिका अन्तरपर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलामा यहि भदौ ९ गते २१ जना मध्ये २० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । शनिबार मात्र दार्चुलाका २ जनामा कोरोना देखिएको थियो । योसँगै दार्चुलामा कोरोना संक्रमितको संख्या ५२ जना पुगेको छ ।