विष सेवनपछि आमा र छोराको मृत्यु

४ बर्ष अघि

२0७७ भाद्र १३ शनिबार

विष सेवनपछि आमा र छोराको मृत्यु

कञ्चनपुर भदौ १३ । विष सेवनपछि कञ्चनपुरमा आमा र छोराको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका –१ गणेशबस्तीकी एक आमाले बच्चासँगै विष सेवन गरेकी थिइन। विष सेवनपछि शुक्रबार बिहान उपचारका क्रममा ८ महिने शिशुको मृत्यु भएको थियो। गम्भीर बिरामी भएकी २४ वर्षीया आमाको पनि शुक्रबार राति मृत्य भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। ‘आफैं विष सेवन गरेको या कसैले खुवाएको भन्नेबारे अनुसन्धान भइरहेको छ ।