त्रिविका वार्षिक परीक्षा दशैंअघि नहुने

४ बर्ष अघि

२0७७ भाद्र १३ शनिबार

त्रिविका वार्षिक परीक्षा दशैंअघि नहुने

काठमाण्डौ भदौ १३ ।  त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैंअघि नहुने भएका छन्  ।कारोनाको सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ ।यसअघि लकडाउन खुलेसँगै गाडी चल्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । तर अब त्रिवि दशैंअघि परीक्षा गर्ने योजनाबाट पछि हटेको छ ।परीक्षा नियन्त्रक जोशीका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी भएको छ । पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ ।