दार्चुलाका जनप्रतिनीधिहरुलाई फेबरेट मिडियाको स्वागत (फोटो फीचर)

६ बर्ष अघि

२0७५ असार २६ मंगलवार

दार्चुलाका जनप्रतिनीधिहरुलाई फेबरेट मिडियाको स्वागत (फोटो फीचर)

दृष्टीकोण समाचार, असार २६ दार्चुला । दार्चुला जिल्लामा डिजिटल मिडियाको अवधारणा लिएर  पहिलो पटक सञ्चालनमा आएको फेबरेट मिडियाले दार्चुला जिल्लाबाट जननिर्वाचित प्रदेश सभाका प्रतिनिधीहरुलाई स्वागत गरेको छ । 
प्रदेश नम्बर सातका उपसभामुख निर्मला बडाल जोशी, दार्चुला जिल्लाका दुईवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा र मानबहादुर धामीलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । 
फेबरेट मिडियाका प्रबन्धक कृष्णसिह धामीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रदेश नम्बर सातका उपसभामुख निर्मला बडाल जोशीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश सभा सदस्य द्वय गेल्बुसिह बोहरा र मानबहादुर धामी विशिष्ट अतिथी रहेका थिए । कार्यक्रमा नकेपाका नेताहरु रामदत्त जोशी, ज्ञानेन्द्र घर्ती, खडक सिह धामी, लालबहादुर विक, पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी अतिथी रहेका थिए । त्यस्तै फेबरेट मिडिया संञ्चालक समितिका पदाधिकारीहरु मिडियामा आबद्ध कर्मचारी तथा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । फेबरेट मिडिया प्रालिका सञ्चालक लोकेन्द्रबहादुर बमले सञ्चालन गरेको कार्यक्रममा अर्का सञ्चालक रामसिह धामीले स्वागत मन्तव्य राखेका थिए । 
स्वागत कार्यक्रमको फोटो फीचर