प्लाज्मा थेरापीबाट नेपालमा २० जना कोरोनामुक्त

४ बर्ष अघि

२0७७ भाद्र १३ शनिबार

प्लाज्मा थेरापीबाट नेपालमा २० जना कोरोनामुक्त

काठमाडौं भदौ १३ ।  नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी मानिसहरु कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेको जानकारी दिनु भएको छ । डा। गौतमले कोभिड १९ का संक्रमित व्यक्तिहरुका लागि नियमित रक्तदान गर्न चाहने व्यक्ति तथा संस्थाले सुरक्षित तवरबाट रक्तदान गर्न सम्बन्धित अस्पताल, रेडक्रससँग समन्वय गरी सहयोग गर्न आग्रह गर्नुभयो ।