कोरोनाका कारण थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र १३ शनिबार

कोरोनाका कारण थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

काठमाडौ भदौ १३ ।  नेपालमा थप १२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। आठ वटा जिल्लाका ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पाल्पामा ३० वर्षीया महिला, काठमाडौंमा ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय एक पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।  यस्तै, पाल्पामा ४८ र ३९ वर्षीय पुरुष, सिरहामा ८४, गोरखामा ३८, कास्कीमा ५८, ललितपुरमा ७२ र ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ७ पुगेको छ।