नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सख्या ३७ हजार ३ सय ४० पुग्यो । 

४ बर्ष अघि

२0७७ भाद्र १३ शनिबार

 नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सख्या ३७ हजार ३ सय ४० पुग्यो । 

 काठमाडौं भदौ १३ । नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । उनीहरुमध्ये २०७ जनाको मृत्यु भएको छ भने २० हजार ५५५ जना कोरोनामुक्त भएका छन् । हाल देशभरमा गरी १६ हजार ५७८ संक्रिय संक्रमित छन् । उनीहरूमध्ये १० हजार १४५ संस्थागत र ६ हजार ४४५ होम आइसोलेसनमा छन् ।कहाँ कति थपिए संक्रमित  काठमाडौं उपत्यकामा १८६ जना संंक्रमित थपिएका छन् । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६र२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१र२१ जना, झापा र बाँकेका २०र२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९र १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९र९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३र३ जना, सप्तरी र कपिलवस्तुका २र२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १र१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।