धौलीगंगा जलविद्युतको बाँध १८ घण्टाका लागि खोल्ने  

४ बर्ष अघि

२0७७ भाद्र १३ शनिबार

धौलीगंगा जलविद्युतको बाँध १८ घण्टाका लागि खोल्ने  


रमेश खत्री भदौ १३ दार्चुला । भारतले धौलीगंगा जलविद्युत परियोनाको बाँधको ढोका १८ घण्टाका लागि खोल्ने भएको छ । यहि भदौ २० गते राती १२ बजेदेखि भदौ २१ गते बेलुकी ६ः४५ बजेसम्मको लागि धौलीगंगा बाधको ढोका खोल्ने भएको हो । दार्चुला सदरमुकाम खलंगा भन्दा माथिल्लो क्षेत्रमा निर्माण गरेको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको काम गर्ने भन्दै बाँधको ढोका खोल्न लागेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले यो अवधिमा व्याँसको गाँउपालिकाको वडा नम्बर ५ धौलाकोटदेखि लेकम गाँउपालिकाको लालीसम्मका स्थानीयलाई नदी किनारमा नजान तथा सावधानी अपनाउन आग्रह गरेको छ ।  महाकाली नदी किनारमा गएर बालुवा निकाल्ने, गाई वस्तु लगाउने, नुहाउने, तथा दाउँरा संकलन नगर्न र महाकाली नदीमा पानीको बहाव बढ्दै गएको अवस्थामा ड्यामको पानी छोड्दा झन बढ्ने भन्दै सबैमा सतर्कता अपनाउन सबैलाई प्रशासनले आग्रह गरेको हो । हेर्नुहोस पत्र सहित