दार्चुलाका थप दुई जनामा कोरोना सक्रमण पुष्टि संक्रमितको सख्या ५० पुग्यो 

४ बर्ष अघि

२0७७ भाद्र १३ शनिबार

दार्चुलाका थप दुई जनामा कोरोना सक्रमण पुष्टि संक्रमितको सख्या ५० पुग्यो 

दृष्टिकोण समाचार भदौ १३ दार्चुला । दार्चुलाका दुई जनामा कोरोना सक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा दार्चुलाको महाकाली नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।महाकाली नगरपालिकाका  १९ र २१ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड १९ सम्पर्क व्यक्ति विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । भदौ ७ गते महाकाली नगरपालिकाका ४ महिलासहित ३१ जनाको स्वाव संकलन गरिएको थियो । स्याव संकलन गरिएकामध्ये २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । शनिबार कोरोना पुष्टि भएका महाकाली नगरपालिका २ जना सँगै दार्चुलामा कोरोना संक्रमितको संख्या कुल ५० पुगेको छ भने हालसम्म ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।