नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र १२ शुक्रबार

नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुग्यो

काठमाडौं भदौ १२ । नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ ।  हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।