रानिशिखर स्वास्थ्य चौकीका प्रमुखले सुत्केरी तथा स्वयमसेविकाको भत्तामा अनयमितता

४ बर्ष अघि

२0७७ भाद्र १२ शुक्रबार

रानिशिखर स्वास्थ्य चौकीका प्रमुखले सुत्केरी तथा स्वयमसेविकाको भत्तामा अनयमितता

दृष्टिकोण समाचार भदौ १२ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडानं. ४ मा रहेको रानिशिखर  स्वास्थ्य चौकीका प्रमुखले सुत्केरी तथा स्वयमसेविका भत्तामा अनयमितता गरेका छन् । स्वास्थ्य चौकी प्रमुख नारायण दत्त भट्टले स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिए वाफत ८ जना महिलाले तीन हजार आठ सयका दरले रकम पाउनु पर्ने भएपनि तीन हजार रुपैया मात्र पाएको स्थानीय जानकी भट्टले बताउनु भयो । त्यस्तै स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिए वाफत मात्र दिईने सुत्केरी भत्ता घरमै सुत्केरी गराउने तीन जना महिलालाई समेत दिएका छन् । उनीहरुलाई पनि तीन हजार रुपैया दरले भत्ता  दिएको बताएका छन् । घरमै सुत्केरी भएकी शैल्यखिशर नगरपालिका वडा नं. ४ रानीशिखरका चन्द्रा धामी, मान्ता ठगुन्ना, हरिना भट्टका नामबाट समेत सुत्केरी भत्ता लिएको पाईएको छ । स्वास्थ्य चौकी प्रमुख भट्टले उनीहरुका नाममा तीन हजार आठ सय रुपैयाका दरले आफैले किर्ते हस्ताक्षर गरि झिकेको रकममा पनि ८ सयका दरले रकम कुम्ल्याएको बताएका छन । रकम हिनामिना भएको  कुरा बाहिर आएपछि स्वास्थ्य चौकी प्रमुख भट्टले उनीहरुलाई बाँकी रकम बुझाउन राति उनका आफन्तहरुलाई घरघरमा पठाउने गरेको स्रोतको भनाई छ ।  सुत्केरी जानकी भट्टलाई बाँकी आठ सय बुझाउन स्वास्थ्य चौकी प्रमुख भट्टले पठाएका व्यक्तिहरुलाई उनका पति मोहन भट्टले रकम नबुझेर फिर्ता पठाएको बताईएको छ । त्यस्तै महिला स्वयसेविकाको किर्ते हस्ताक्षर गरी आफैले रकम लिएका स्वास्थ्य चौकी प्रमुख भट्टले अक्षय कोषमा राखेको भनी स्वास्थ्य स्वयमसेविकालाई ढाँटेको  दावी गरेका छन् । स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुले स्वास्थ्य चौकी प्रमुख भट्टले छ जना स्वास्थ्यकर्मीहरुले ६ दिनको दादुरा रुवेला भत्ता पाउनु पर्नेमा चार दिनको मात्र दिएको आरोप लगाएका छन् । तर एसडी खवरलाई जानकारी दिदै स्वास्थ्य चौकी प्रमुख भट्टले भने आफूमाथि लगाएका आरोप निराधार भएको बताएका छन् । मैलै कसैको रकम हिनामिना गरेको छैन । सबैलाई पाउनु पर्ने जति रकम दिएको छु, भट्टले भने, घरमा सुत्केरी भएका महिलाहरु सुत्केरी भए लगत्तै नवजात शिशुलाई नाभी मल्हम लगाउन आएपछि उनीहरुलाई पनि भत्ता दिएको प्रमुख भट्टले जानकारी दिनु भयो ।