दार्चुला र बाजुरा पहिलो प्राथमिकतामा : सामाजिक विकास मन्त्री सोडारी 

६ बर्ष अघि

२0७५ असार २६ मंगलवार

दार्चुला र बाजुरा पहिलो प्राथमिकतामा : सामाजिक विकास मन्त्री सोडारी 

दृष्टीकोण समाचार असार २६ दार्चुला । प्रदेश नम्बर सातका समाजिक विकास मन्त्री दिर्घबहादुर सोडारीले दार्चुला र बाजुरा जिल्लालाई पहिलो प्राथमिकतामा राखेर विकास गरिने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरको सयुक्त आयोजनामा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सोडारीले यस्तो बताएका हुन् ।  दार्चुला जिल्ला र बाजुरा जिल्लामा आगामी आर्थिक बर्षमा प्रदेश सरकारले बजेट र विकासका हिसाबले अरु जिल्ला भन्दा प्राथमिकता दिएका छौँ । मन्त्री सोडारीले भन्नु भयो । यस्तै समाजिक विकास अन्तरगत पर्ने सबै क्षेत्रको समानुपातिक विकास गर्नेमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । 
सात नम्बर प्रदेशका उपसभामुख निर्मला बडाल जोशी, दार्चुला जिल्लाबाट निर्वाचित दुबै निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यहरु गेल्बुसिह बोहरा, तथा मानबहादुर धामीले पनि दार्चु जिल्लाका विभिन्न पक्षमा पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ दिनु भएको छ । पत्रकार सम्मेलनमा पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले दार्चुला जिल्लाको विकास निर्माण दार्चुला तिङ्कर सडकमा विस्फोटक पदार्थको प्रयोगमा भईरहेको ढिलाई, अपिनाम्पा संरक्षण क्षेत्रको व्यवस्थापन, कर्मचारी व्यवस्थापन, लगायतका बारेमा जिज्ञासा राख्नु भएको थियो । तस्तै महासंघ जिल्ला शाखा सचिव कृष्णसिह धामीले सीमा क्षेत्रको सुरक्षा, दार्चुलाको विद्युत्तिकरण, जिल्लाको स्वास्थ्य क्षेत्र लगायत विषयमा जिज्ञासा राख्नु भएको छ । 
पत्रकार सम्मेलन पछि मन्त्री सोडारी आजै प्रदेश राजधानी फिर्ता हुनु भएको छ भने उपसभामुख, प्रदेश सभा सदस्यद्वय गृह जिल्लामा भेटघाँटको कार्यक्रम रहेको छ ।