घरेलु हतियार प्रयोग गरि शैल्यशिखरमा एक पुरुषको हत्या

४ बर्ष अघि

२0७७ भाद्र १२ शुक्रबार

घरेलु हतियार प्रयोग गरि शैल्यशिखरमा एक पुरुषको हत्या

दृष्टिकोण समाचार भदौ १२ दार्चुला ।  दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर द्द देथलामा घरेलु हतियार प्रयोग गरि एक जनाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलाका अन्दाजी ४०÷४५ वर्षिय शेरबहादुर चन्दको घरेलु हतियार प्रयोग गरि दिउँसै हत्या गरिएको छ । विहीबार करिब दिउँसो तीन बजेतिर हत्या हरेलु हतियार प्रहार गरेर शैल्यशिखर नगरपालिका वडा नम्बर २ कै गंगादत्त भट्टले चन्दको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । घाँटि नै छिनाल्ने गरी घरेलु हतियार प्रयोग गरि हत्या गरिएको छ । शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । घट्नाका आरोपी गंगादत्त भट्ट भने फरार रहेका छन । ‘भट्ट अहिले फरार छन, सबै प्रहरी युनिटलाई जानकारी गराएको छौँ, खोजी गरीररहेका छौँ’ प्रहरी निरीक्षक जोशीले बताउनु भयो ।