एक  पुरुष मृत फेला

४ बर्ष अघि

२0७७ भाद्र ११ बिहीबार

एक  पुरुष मृत फेला


दृष्टिकोण समाचार भदौ ११ दार्चुला । दार्चुलामा एक जना मृत फेला परेको छन । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ जुग्यापानीमा सोही ठाउँका अन्दाजी ४५ बर्षीय हरी लुहार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।बुधबार राती घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । घटना स्थलमा प्रहरीको टोली पुगीसकेको र शब पोष्टमार्टमको लागी गोकुलेश्वर अस्पताल ल्याउने तयारी जोशीले जानकारी दिनुभयो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।