सुदुरपश्चिमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ५ हजार ५ सय ४२ पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र ११ बिहीबार

सुदुरपश्चिमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ५ हजार ५ सय ४२ पुग्यो

धनगढी भदौ ११ । सुदुरपश्चिमा थप ३६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा १२ जना, डडेल्धुरा अस्पतालमा १९ जना र डोटी अस्पतालको प्रयोगशालामा ५ जनामा गरि बिहीबार ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीनवटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौँ सय २१ जनाको कोरोना परीक्षण भएको हो । कैलालीका सेती अस्पतालमा धनगढीमा ५ वर्षिया बालिका, २९ वर्षिया महिला र ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । गोदावरी नगरपालिका–३ का दुई वर्षिया बालिका, २२ र ३६ वर्षिया महिला तथा अन्य ५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ४८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बैतडीको दशरथचन्द नगरपालिकाका ८ जना, शिवनाथका ५, मेलौलीका ३ र डिलासैनीका १ जनामा संक्रमण पुष्टि भएको छ । डोटीको जोरायलका १ र बझाङको जयपृथ्वी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले बताए । उता डोटी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८१ जनाको कोरोना परीक्षण भएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै डोटीका हुन् । जिल्लाको शिखर नगरपालिका–४ का ४ जना र वडा नम्वर ३ का एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ४२ पुगेको छ ।