प्रेमसिह धामी स्मृति प्रतिष्ठान द्धारा ७ परिवारलाई राहत वितरण । 

४ बर्ष अघि

२0७७ भाद्र ११ बिहीबार

प्रेमसिह धामी स्मृति प्रतिष्ठान द्धारा ७ परिवारलाई राहत वितरण । 

दृष्टिकोण समाचार भदौ ११ दार्चुला ।  प्रमेसिह धामी स्मृति प्रतिष्ठान दार्चुलाले मालिकार्जुन गाउँपालिका वडा नम्बर २ का  बाढि पहिरो पिडितलाई राहत वितरण गरेको छ । विहिबार प्रतिष्ठानका अध्यक्ष किसन सिह धामी, सचिव दिपेन्द्र सिह धामी सहितको टोलिले एक कार्यक्रका विच  मालिकार्जुन गाँउपालिका वडा नं. २ गाडखोलाका ७ परिवारलाई ५० किलोका दरले  चावल वितरण गरेको प्रेमसिह धामी स्मृति प्रतिष्ठान दार्चुला अध्यक्ष किशनसिह धामीले बताउनु भयो । गाँउपालिकाको वडा .२ ज्युनडा, अम्पेड नाईलमा भएको दैविका प्रकोपबाट पिडित परिवारलाई स्यानो भएपनि मानवियताका हिसावले प्रतिष्ठानको कोषबाट राहात वितरण गरिएको अध्यक्ष धामीले जानकारी दिनुभयो ।