अनुदानमा ढुवानीका लागि ब्यास वासिले बुझाए मागपत्र दार्चुला ।

४ बर्ष अघि

२0७७ भाद्र ११ बिहीबार

अनुदानमा ढुवानीका लागि ब्यास वासिले बुझाए मागपत्र दार्चुला ।

दृष्टिकोण समाचार भदौ ११ दार्चुला ।  व्यास गाउँपालिका १ छाँगरू र तिंकरका स्थानियले सुदूपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका संयोजक दीर्घ सोडारीलाई हेलिकप्टरबाट खाद्यान्न ढुवानीका लागि माग गरेका छन । ब्यासमा हिमपात हुने  भएकाले बाटोघाटोको समस्या पर्ने हुँदा उनीहरुले समितिका संयोजक सोडारीलाई ज्ञापन बुझाउँदै अनुदानमा ढुवानी व्यवस्थापन गर्न माग गरेका छन । स्थानीयले वैशाख र मंसिर महिनाको कुञ्चा बसाइसराई सर्न असम्भव हुने भएकोले व्यास १ मा प्रदेश स्तरिय योजना छिटो पूरा गर्न समेत माग गरेका छन । व्यास गाउँपालिका वडा नं १ मा घोरेटो बाटो तत्काल खुल्न नसकेको अवस्थामा व्यास १ मा नुन,तेल,चीनी,दाल,गहुँ आदि खाद्य पदार्थको संकट हुने भएकाले अनुदानमा ढुवानीका लागि माग गरेका छन ।