नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि ३५ हजार ५ सय २९ पुग्यो । 

४ बर्ष अघि

२0७७ भाद्र ११ बिहीबार

नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि ३५ हजार ५ सय २९ पुग्यो । 

काठमाडौं भदौ ११ ।  नेपालमा थप १ हजार १ सय ११ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।  उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।