सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली दार्चुलामा 

४ बर्ष अघि

२0७७ भाद्र ११ बिहीबार

सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली दार्चुलामा 

दृष्टिकोण समाचार भदौ ११ दार्चुला । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली अनुगमन निरीक्षणका क्रममा दार्चुला आइपुगेको छ । पूर्व सामाजिक मन्त्री एवं प्रदेश सभा सदस्य दीर्घ सोडारीको टोली बिपदले गरेको क्षेति, प्रदेश सकारकाद्धारा सञ्चालित विकास निर्माण योजनाहरुको अनुगमन निरीक्षणका लागि दार्चुला आइपुगेको हो । प्रदेशको पहाडी जिल्लामा बाढी पहिरोका कारण क्षेति भएको र तराइका जिल्लाहरुमा डुबानले बिपद् निम्त्याएकाले यसको अवलोकन निरीक्षणका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली दार्चुला पुगेको दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य गेल्बुसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोलीले भाद्र ७ गतेदेखि पहाडी जिल्लाहरुमा अनुगमन तथा निरीक्षण गर्न थालेको हो । डडेल्धुरा, बझाङ र बैतडी हुदै अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली बुधबार दार्चुला आइपुगेकोे हो । यस्तै समितिका अध्यक्ष हर्क बहादुर गुरुङको नेतृत्वको टोली पहाडी तीन जिल्लाका निरीक्षण अवलोकनमा निस्केको प्रदेश सांसद बोहराले जानकारी दिनुभयो । बाढी–पहिरोका बारण भएको क्षेति र प्रदेशबाट सञ्चालिन योजनाहरुको अनुगमन निरीक्षणका लागि समितिको टोली जिल्ला आइपुगेको सांसद बोहराले बताउनु भयो । पत्रकारहरुले प्रदेशका योजनाहरुले निम्त्याएको विपद्, वर्षेनी एकै बस्तीमा प्रदेशका बजेट र योजना आइरहेको सम्बन्धी जानकारी गराएका छन् । विहीबार बिहान गल्फै स्थित एक होटेलमा आयोजना गरिएको पत्रकार सम्मलेनमा जिल्लाको अवस्था लगायतका बारेमा पत्रकारहरुले जानकारी गराएका छन् । उक्त विषयमा छलफल गरि समन्वय र सहाकार्यको माध्यमबाट अगाडी बढ्ने पूर्व मन्त्रि एवं सांसद दीर्घ सोडारीले प्रतिबद्धता जनाउनु भएको छ । समन्वय र सहाकार्यका माध्यमबाट अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । ‘संविधानले समन्वय, सहाकार्य र सह–अस्तित्व भनेको छ, त्यो कतै कमि भएको देखिन्छ’ पूर्व मन्त्री सोडारीले भन्नु भयो । समन्वय र सहाकार्यका माध्यमबाट अगाडी मात्रै अस्तित्व रहने भन्दै यसको विकाल्प नरहेको उहाँको भनाई छ । उक्त टोली खलंगा–दल्लेख सडक खण्डमा भएको क्षेतिका बारेमा स्थलगत अबलोकनका लागि गएको छ । टोलीमा प्रदेश सभा सदस्यहरु प्रेम प्रकाश भट्ट, पूर्णा जोशी, महेश दत्त जोशी र अक्कल धामी लगायतकोे सहभागिता रहेको थियो । यस्तै कार्यक्रममा नेकपा जिल्ला कमिटि दार्चुलाका अध्यक्ष गणेश सिंह खत्री, जिल्ला कमिटि सचिव उदय सिंह बडाल तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।