नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण, पुष्टि संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुग्यो 

४ बर्ष अघि

२0७७ भाद्र १0 बुधबार

 नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण, पुष्टि संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुग्यो 

काठमाडौं भदौ १० । नेपालमा थप ८५५ जनामा कोरोना भाइरस कोभिड–९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ हजार ७३९ आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन् । जसमध्ये २३० जना काठमाडौंका छन् भने ललितपुरका ४७ र भक्तपुरका २४ जना छन् । यस्तै सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०र२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८र१८ जना, झापा र दाङका १६र१६ जना, मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ । तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७र७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४र४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २र२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १र१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।