भिडभाड नगर्न भन्दै प्रहरी गाउँगाउँमा पुग्न थाल्यो

४ बर्ष अघि

२0७७ भाद्र १0 बुधबार

भिडभाड नगर्न भन्दै प्रहरी गाउँगाउँमा पुग्न थाल्यो

दृष्टिकोण समाचार भदौ १० दार्चुला । कोरोना भाईरसको जोखिम बढ्ने भन्दै सामूहिक रुपमा चाडपर्व नमाउन प्रहरीले गाउँगाउँमा पुगेर आग्रह गर्न थालेको छ । सुदूरपश्चिममा गौरापर्व नजिक आईरहेकाले गौरापर्वलाई सामूहिक रुपमा नमाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटबाट प्रहरी खटाएर सामूहिक रुपमा चाडपर्व नमाउनेबारेमा स्थानीयहरुलाई सचेत गराउन थालिएको उहाँले बताउनुभयो । सामूहिक रुपमा चाडपर्व मनाउँदा कोरोना भाईरसको जोखिम बढ्ने भएकाले यो बर्ष घरमै गौरापर्व मनाउन स्थानीय प्रशासनले यसअघि नै आग्रह गरिसकेको छ ।नेपाल सरकारले नै सामूहिक रुपमा चाडपर्व नमाउन आग्रह गरेकाले सोही बमोजिम गौरा पर्व पनि सामूहिक रुपमा नमाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।भीडभाड हुने खालका कार्यक्रमले कोरोना जोखिम बढ्ने भएकाले सामूहिक रुपमा भेला भएर चाडपर्व मनाउनु अहिलेका लागि हितकर नहुने स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति बिरेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ । मानिसहरु एकठाउँमा भेला भएमा कोरोना भाईरसको संक्रमण फैलिन सक्ने भएकाले सामूहिक रुपमा चाडपर्व नमाउन जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लाबासीहरुमा आग्रह गरेको छ ।