मालबेला नजिकै एक महिलाको शव फेला 

४ बर्ष अघि

२0७७ भाद्र ९ मंगलवार

मालबेला नजिकै एक महिलाको शव फेला 

दृष्टिकोण समाचार भदौ ९ दार्चुला ।दार्चुला जिल्लाको महाकाली नगरपालिका २ मालबेला नजिकै एक जना महिलाको शव फेला परेको छ । महाकाली नगरपालिका २ बुड्चौराका २६ वर्षीया निर्मला कुवरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महिला एक महिनादेखि वेपत्ता भएको प्रहरीले जनाएको छ । घट्नास्थलमा महिलाको शव सडेको अवस्थामा भेटिएको हो । झाडीभित्र महिलाको अस्थिपञ्जर र चुरा, लुगा र मोवाईल सेट भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताउनुभयो ।सदरमुकाम खलंगामा डेरा गरि बस्दै आएका महिलाको मृत्युको कारण भने खुल्न नसकेको डिएसपी पदमबहादुर विष्टले बताउनुभयो । मृतकका श्रीमान कुन्दनसिह फराल बैदेशिक रोजगारीमा गएका छन् । फराल ३।४ वर्षदेखि साउँदीमा मजदुरी गर्न गएका हुन् ।घट्नास्थलमा भेटिएको मोवाईल सेटमा भेटिएको सीमका कारण महिलाको शव पहिचान गर्न सकिएको डिएसपी विष्टले बताउनुभयो । मोवाईल सेटमा पानी गएर काम गरेन्, तर अर्को सेटमा सीम हालेपछि काम भयो । मोवाइलमा भएको अन्तिम फोन कलको आधारमा महिलाको पहिचान गरिएको विष्टको भनाई छ । महिलाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दार्चुला पुर्याइएको छ । सदरमुकाम खलंगामा डेरा गरि बस्दै आएका कुवरको १ छोरा रहेका छन् । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।