नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुग्यो ।

४ बर्ष अघि

२0७७ भाद्र ९ मंगलवार

 नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुग्यो ।

 काठमाडौं ९ भदौ । नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।