२४ वर्षीय युवकलाई ब्लड क्यान्सर, उपचारमा सहयोग गर्न परिवारको आग्रह

४ बर्ष अघि

२0७७ भाद्र ९ मंगलवार

२४ वर्षीय युवकलाई ब्लड क्यान्सर, उपचारमा सहयोग गर्न परिवारको आग्रह

दृष्टिकोण समाचार भदौ ९ दार्चुला ।  दार्चुलाका २४ वर्षीय एक युवकलाई ब्लड क्यान्सर भएको छ । लेकम गाउँपालिका वडा नम्बर ४ का २४ वर्षीय दिपेन्द्र पाललाई ब्लड क्यान्सर भएको हो । ब्लडक्यान्सर भएपछि उहाँको अहिले काठमाडौँमा उपचार भईरहेको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकाय चौथो वर्षमा पढ्दै आएका पाललाई स्वास्थ्यमा समस्या देखिएपछि महाकाली अस्पताल भर्ना गरिएको थियो । महाकाली अस्पतालले उहाँलाई धनगढी रेफर गरेको थियो । धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा ब्लड क्यान्सर भएको भन्दै काठमाडौँ रेफर गरेको थियो । उहाँका दाजु मिन पालले अहिले काठमाडौँको सिभिल अस्पतालमा उपचार भईरहेको जानकारी दिनुभयो । तर उपचारमा आर्थिक अभाव भएकाले सहयोगका लागि सबैसँग याचना गरिएको छ । उहाँले अस्पतालले भाईको ब्लड क्यान्सरको उपचारका लागि झण्डै ९ लाख र वनम्यारो प्रत्यारोपण गर्न १२ देखि १६ लाख सम्म बजेट आवश्यक पर्ने बताएको छ । तर त्यती ठुलो रकम व्यवस्थापन गर्न नसक्ने भएकाले उपचारमा समस्या हुने देखिएपछि सहयोगका लागि अपिल गर्नुभएको छ । सहयोग गर्न चाहने व्यक्तिले उहाँको मोवाइल नम्बर ९८६८७२२२०६ मा सम्पर्क गर्न सक्नेछन् ।