मालिकार्जुनका १३ परिवारलाई राहत वितरण

४ बर्ष अघि

२0७७ भाद्र ८ सोमबार

मालिकार्जुनका १३ परिवारलाई राहत वितरण

दृष्टिकोण समाचार भदौ ८ दार्चुला । जिल्लको मालिकार्जुन गाउँपालिकाका १३ वटा विस्थापित परिवारलाई राहत वितरण गरिएको छ । सुदूरपश्चिमेली नेपाली समाज जापानको सहयोगमा पहिरोका कारण पूर्ण रुपमा विस्थापित भएका परिवारलाई राहत वितरण गरिएको हो । गाउँपालिकाले वडा नम्बर २ ज्युनडा, अम्पेड नाईल र वडा नं. ८ का पस्ती, खोलिचोराका १३ विस्तापित परिवारलाई राहत उपलब्ध गराइएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिनुभयो । सुदुरपश्चिमेली नेपाली समाज जापान, कोरिया, डेनमार्क, भारत, कतार, युएई, बहराइन, कुवेत, मलेसिया, अमेरिका, इजरायल, साउदी अरब, अस्ट्रेलिया, क्यानाडा, मकाउ, पोर्चुगल र युरोप लगायतका देशहरुमा विभिन्न पेशा व्यवसाय गर्दै आइरहेका नेपालीहरुको समाजले राहत उपलब्ध गराएको हो । पहिरो पीडितलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, १ वोतल तेल र १ वाल्टी उपलब्ध गराइएको  छ । यसअवधिमा मालिकार्जुनमा पहिरोका कारण झण्डै ५४ बढि परिवार विस्थापित भएका छन । भने कयौं घर अहिले पनि जोखिमपूर्ण अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।बाढि पहिरोका कारण विद्यालय, स्वास्थ्य संस्थाहरु, खानेपानी, सिचाई, सडक वाटोघाटो प्रभावित भएका छन् । गाउँपालिकाको वडा नम्बर २ र वडा नम्बर ८ मा बढी क्षति भएको जनाएको छ । यसबीचमा गाउँपालिका अध्यक्ष धामी लगायतको टिमले प्रभावित क्षेत्रको निरीक्षण समेत गरेका छन् भने राहत र उद्धारको लागि आह्वान गर्नुभएको  छ।वडा नम्बर ८ का वडाअध्यक्ष पदमराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी रहनुभएको थियो । कार्यक्रममा सुदुरपश्चिमेली समाजको तर्फवाट पुष्पराज जोशी र धन्नजय जोशीको उपस्थिति रहेको थियो ।