गौरा पर्वको आज दास्रो दिन पधेरो तथा तलाउमा  गौरादेविको पुरा गरि मनाए 

४ बर्ष अघि

२0७७ भाद्र ८ सोमबार

गौरा पर्वको आज दास्रो दिन पधेरो तथा तलाउमा  गौरादेविको पुरा गरि मनाए 

दृष्टिकोण समाचार भदौ ८ दार्चुला ।  सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन सोमबार नानी गौरा मनाएको छ । व्रतालु महिलाहरुले आइतबार भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ । आजको दिनलाई स्थानीय भाषामा नानी गौरा भन्ने चलन छ । सवाँ, धानलगायत अन्यय वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ । हिजो भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रहेको लेकम गाउँपालिका –५ का स्थानीय इन्द्रदेव जोशीले बताउनुभयो । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रहिआएको छ । आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठोमसिनो खाने चलन छ । बिरुडा र फलफूलसहित व्रतालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गर्दछन । पौराणिक कालमा भगवान महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चलिआएको हो । दार्चुलाको मार्मा, मालिकार्जुन, लेकम, व्यास, महाकाली नगरपालिका लगायतका क्षेत्रमा बढि गौरापर्व मनाइने गरिएको छ । जिल्लाको सबैभन्दा ठूलो मालिकार्जुनको मड र महाकाली नगरपालिकाको धापमा गौरापर्व मनाइदै आएको छ ।