पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण गर्न पत्रकार महासंघको माग 

४ बर्ष अघि

२0७७ भाद्र ८ सोमबार

पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण गर्न पत्रकार महासंघको माग 

काठमाडौ भदौ ८ । नेपाल पत्रकार महासंघले पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले पत्रकारहरुको निःशुल्क कोरोना परीक्षण गर्न माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले फिल्डमा खटिने सम्वाददाता र फोटो पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण गर्न सरकारसँग माग गरेको हो । यस्तै महासंघले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पत्रकारलाई आग्रह गरेको छ । फिल्डमा खटिने पत्रकारका लागि पर्याप्त स्वास्थ्य सामाग्रीको ब्यवस्था गर्न पनि उहाले आग्रह गरेको छ । पत्रकार महासंका अनुसार अहिलेसम्म देशभर ३० जना पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेर्नुहोस विज्ञप्तीहेर्नुहोस विज्ञप्ती