नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि, थप ८ जनाको मृत्यु

४ बर्ष अघि

२0७७ भाद्र ८ सोमबार

नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि, थप ८ जनाको मृत्यु

काठमाडौ भदौ ८ । नेपालमा थप  ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भायो  । उनका अनुसार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र  होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा  १७५ जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ। यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यससँगै मृतकको संख्या १५७ पुगेको गौतमले जानकारी दिए ।