बालअधिकार संरक्षणमा सबै क्षेत्रबाट आवाज उठ्नु पर्छ  

६ बर्ष अघि

२0७५ असार २५ सोमबार

बालअधिकार संरक्षणमा सबै क्षेत्रबाट आवाज उठ्नु पर्छ  

दृष्टीकोण समाचार असार २५ दार्चुला । बालअधिकार संरक्षण र सम्बद्र्धनमा सबैक्षेत्रबाट जुट्नु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । जिल्ला अदालत दार्चुलाले आयोजना गरेको देवानी तथा फौजदारी संहिता सम्बन्धी प्रशिक्षण समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । जिल्ला अदालत दार्चुलाका न्यायाधीश ईश्वर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायको प्रमुख आथित्यता रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले सरकारले ४ ओटा बालगृह बनाएको भन्दै तीनिहरुको सुधार र सबै क्षेत्रका बालबालिकालाई समेट्ने गरी बालगृह थप्नु पर्ने बताएका छन् । दार्चुलाका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले भने गत वर्षको भन्दा यो वर्ष वालबालीका सम्बधी मुद्धाहरु जिल्ला प्रहरी कार्यलयमा कम मात्रामा आएकोे वताउनु भयो ।  त्यस्तै महिला तथा बालवालिका कार्यालय दार्चुलाका प्रेमा बडु भने उमेर नपुगेका बालवालिकाहरु होटल, तथा गाडीहरुमा काम गरिरहेको बताउनु भयो । त्यस्तै नेपाल प्रत्रकारमहासंघ दार्चुलाका अक्ष्यक्ष शंकर सिंह धामीले जिल्लाको मार्मा र दुहूँ क्षेत्रका बालबालिकाहरु  यार्सागुम्बा टिप्ने बेला विद्यालय छोडेर पनि लेकतिर जाने गरेको र त्यसलाई रोक्नु पर्ने बताएका छन् ।बालअधिकारको संरक्षण र सम्बद्र्धनका लागि सबैले आ—आफ्नो क्षेत्रबाट सबैले जुट्नु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।