दार्चुलामा थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो ।

४ बर्ष अघि

२0७७ भाद्र ७ आईतवार

दार्चुलामा थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो ।

दृष्टिकोण समाचार भदौ ७ दार्चुला । दार्चुलामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका मालिकार्जुन गाउँपालिकाका १ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । डडेल्धुरामा गरिएको स्याव परिक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । वडा नम्बर ५ का २३ वर्षीय पुरुषमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड १९ सम्पर्क व्यतिm बिरेन्द्रप्रसाद भट्टले जानकारी दिनु भयो ।गत साउन २७ गते गाउँपालिकाको वडा नम्बर ४ र वडा नम्बर ८ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका घरपरिवार र छिमेकीका १७ जना महिला तथा ३० जना पुरुष गरी ४७ जनाको स्याँव संकलन गरिएको थियो । जसमा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  अहिले कोरोना देखिएका व्यतिmलाई स्थानीय तहको इसोलेसनमा ल्याउन लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी बताउनुभयो । कुनै ट्राभल हिस्ट्री नभएका पुरुषहरुमा कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका व्यक्तिहरुको स्वांब संकलन गरिएको स्वास्थ्य संयोजक ओझाले जानकारी दिनुभयो । संकलन गरिएका अन्य स्याबहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।