व्याँस गाँउपालिकाले पहिरो पिडित २९ परिवारलाई राहात वितरण 

४ बर्ष अघि

२0७७ भाद्र ७ आईतवार

व्याँस गाँउपालिकाले पहिरो पिडित २९ परिवारलाई राहात वितरण 

दृटिकोण समाचार भदौ ७ दार्चुला ।  जिल्लाको व्याँस गाँउपालिकाले वडा नं. ३ का बाढि पहिरो पिडित २९ परिवारलाई राहात वितरण गरेको छ । व्याँस गाँउपालिकाले धुवाँ मुक्त तथा खरमुक्त कार्यक्रमबाट वडा नं. ३ का २९ परिवारलाई जस्ता पाता र ग्यास उपलब्ध गराएको व्याँस गाँउपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकिले जानकारी दिनु भयो । व्याँस गाँउपालिकाको वडा नं. ३ सिनामा बस्ती माथिबाट पहिरो खसेकाले वस्ती उच्च जोखिम्मा रहेको छ । उक्त बस्तीमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित स्थानमा पुर्न स्थानपना गर्ने उदेश्यका साँथ राहात स्वरुप जस्तापाता र खानापाउने ग्यासहरु उपल्बध गराएको अध्यक्ष बुढाथोकिले बताउनु भयो । स्थानीय सरकारले जोखिममा रहेका नागरिकलाई सुरक्षीत स्थानमा पुर्नस्थापना गर्ने उदेश्यका साँथ उपलब्ध गराएकोमा स्थानीयहरुले गाँउपालिकालाई धन्यबाद समेत दिएका छन ।