सुत्केरीलाई एक हजार प्रोत्साहन भत्ता आकर्षण बन्दै, अपिहिमाल गाउँपालिका

४ बर्ष अघि

२0७७ भाद्र ६ शनिबार

सुत्केरीलाई एक हजार प्रोत्साहन भत्ता आकर्षण बन्दै, अपिहिमाल गाउँपालिका

दृष्टिकाण समाचार भदौ ६ दार्चुला । दार्चुला जिल्लको अपी हिमाल गाउँपालिकाको शुरु गरेको आमाको पोषण सुधार कार्यक्रम अन्तर्गत सुत्केरीलाई एक हजार प्रोत्साहन भत्ता आकर्षण बन्दै गएको छ । गत वर्षबाट गाउँपलिकाले सुत्केरी हुने महिलालाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने थालेको हो । गत फागुन १ गतेदेखि असार मसान्तसम्म सुत्केरी तथा गर्भवती हुने हरेक आमालाई पोषणमा सुधार ल्याउने उद्देश्यले प्रोत्साहन रकम दिने गरिएको गाउँपालिकाले जनाएको छ ।  अपी हिमाल गाउँपालिकाको गाउँसभाले आमा सुरक्षाका लागि प्रोत्साहन रकम दिने निर्णय पारित गरेसंगै स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेहरुको संख्यामा बृद्धि भएको गाउँपालिकाका हेल्थ असिस्टटेन्ट गणेश जोशीले जानकारी दिनुभयो । गत आर्थिक वर्षको फागुनदेखि हालसम्म गाउँपालिकाका ६ वटै वडाहरुबाट ३६ जना सुत्केरी आमाहरुले सेवा लिएको गाउँपालिकाले जनाएको छ । पाँच महिनाको अवधिमा वडा नम्बर १ को सिति स्वास्थ्य चौकीबाट ६ जना, वडा नम्बर २ को घुसा स्वास्थ्य चौकीबाट ४ जना, वडा नम्बर ३ को पाथा स्वास्थ्य चौकीबाट १ जना,  वडा नम्बर ४ को खण्डेश्वरी स्वास्थ्य चौकीबाट १२ जना, वडा नम्बर ५ को सौगन्ना स्वास्थ्य चौकीबाट ६ जना तथा वडा नम्बर ६ को सितोला स्वास्थ्य चौकीबाट ७ ले स्वास्थ्य सेवा र प्रोत्साहन रकम लिएका छन । गाउँपालिकाले चालू आर्थिक वर्षमा  सुत्केरी आमा प्रोत्साहन कार्यक्रमका लागि १ लाख ५० हजार रुपैँया बजेट बिनीयोजन गरेको गाउँपालिकाले जनाएको छ ।