नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ हजार १ सय १७ पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र ६ शनिबार

नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ हजार १ सय १७ पुग्यो


 काठमाडौ भदौ ६ । नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टिभएको छ । स्वास्थ्य मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयो । देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ जनाको को पीसीआर परीक्षण गर्दा ६ सय ३४ संक्रमित भेटिएका हुन । २४ घण्टामा १२६ डिस्चार्ज भएका छन । हालसम्म १८ हजार ३ सय ५० जना कोरोनामुक्त भएका छन । नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ एक सय १७ पुगेको छ ।