नेपालमा थप ८ सय ३८ कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३० हजार नाघ्यो

४ बर्ष अघि

२0७७ भाद्र ५ शुक्रबार

नेपालमा थप ८ सय ३८ कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३० हजार नाघ्यो

काठमाडौं भदौ ५ । नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भएका मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ । मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना संक्रमित देखिएका छन् । नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना, जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६र६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४र४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३र३ जना रहेका छन् । उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २र२ जना संक्रमित थपिएका छन् । ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १र१ जना रहेका छन ।