गौरा र तीज पर्व सामुहिक रुपमा मनाए कारवाही गरिने, हेर्नुहोस सुचना सहित 

४ बर्ष अघि

२0७७ भाद्र ३ बुधबार

गौरा र तीज पर्व सामुहिक रुपमा मनाए कारवाही गरिने, हेर्नुहोस सुचना सहित 

दृष्टिकोण समाचार भदौ ३ दार्चुला । गौरा र तिज पर्व सामुहिक रुपमा भिडभाड गरि मनाएमा कारवाही गरिने भएको छ । कोरोना भाइसरको संक्रमण नेपालमा बढ्दै गइरहेकाले संक्रमणको जोखिम नियन्त्रण एबं रोकथामका लागि हरितालिका तीज, गौरा पर्व लगायत चाडपर्वहरु सामुहिक पमा नमनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको छ । तीज र गौरा पर्व जस्ता पर्वहरु घरमै बसी जनस्वास्थ्य एबं सुरक्षा मापदण्डहरु कायम गरि परिवार भित्रै मनाउन प्रशासनले अनुरोध गरेको छ । सामुहिक रुपमा भिडभाड गरि चाडपर्व मनाएमा संक्रामक रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । हेर्नुहोस सुचना सहित