दार्चुला जिल्लामा १ हजार ६ सय ४७ जनाको पिसिआर परिक्षण गरियो

४ बर्ष अघि

२0७७ भाद्र २ मंगलवार

दार्चुला जिल्लामा १ हजार ६ सय ४७ जनाको पिसिआर परिक्षण गरियो

रमेश खत्री भदौ २ दार्चुला ।  दार्चुला जिल्लामा १ हजार ६ सय ४७ जनाको पिसिआर परिक्षण गरिएकोे छ ।  जिल्लामा हाल सम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मार्मा गाउँपालिकामा १९ जना शैल्यशिखर नगरपालिकामा १५ जना मालिकार्जुन गाउँपालिकामा ४ जना लेकम गाउँपालिकामा ३ जना दुहुगाउँपालिकामा २ जना र व्याँस गाउँपालिकामा २ जना गरि ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने मंगलबार थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ पुगेको छ ।  कुल संक्रमित मध्ये ४२ जना निको भई घर गईसकेका छन् भने हाल मालिकार्जुन गाउँपालिकामा ३ जना र मार्मा गाउँपालिकामा २ जना आइसोलेसनमा रहेका छन् । यसैबीच मालिकार्जुन गाउँपालिकाले संक्रमितको सम्पर्कमा रहेका एक सयजनाको कन्ट्याक्ट ट्रेसिङ गरी गरिएको स्वाब संकलनको रिपोर्ट निगेटीभ आएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।