दार्चुला तिङ्कर सडक अवरुद्ध हँुदा दुहुँ—व्याँसको आवतजावत बन्द, सडक सञ्चालनको लागि बुझाइयो ज्ञापन पत्र 

४ बर्ष अघि

२0७७ भाद्र २ मंगलवार

दार्चुला तिङ्कर सडक अवरुद्ध हँुदा दुहुँ—व्याँसको आवतजावत बन्द, सडक सञ्चालनको लागि बुझाइयो ज्ञापन पत्र 

दृष्टिकोण समाचार भदौ २ दार्चुला ।जिल्लाको ब्याँस र दुहुँ गाउँपालिका जाने मुख्य बाटो रहेको दार्चुला तिङ्कर सडकमा पहिरो जाँदा आवत जावत बन्द भएको छ । अबिरल रुपमा भइरहेको वर्षाका कारण दार्चुला तिंकर सडकको ठाउँ ठाउँमा पहिरो खस्दा  आवत जावतमा समस्या हुनुका साथै खाद्यान्न ढुवानी हुन नसके पछि ब्याँस गाउँपालिकाका सबै वडाहरुमा खाद्यान्न अभाव भएको गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले बताउनुभयो । व्याँस गाउँपालिकाको वडा नम्बर १ छाङ्गरु र तिंकरमा हेलिकप्टर मार्फत ढुवानी गरिएको चामल मौज्दात रहेको भए पनि नुन, तेल पिठो लगायतका अन्य खाद्य सामाग्री अभाव रहेको उहाले जानकारी दिनुभयो । सडकमा खसेको पहिरो हटाउने कार्य हाल सम्म पनि नगरिए पछि मंगलबार ब्याँस गाउँपालिकाको नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले दार्चुला तिंकर सडक आयोजनालाई ज्ञापन बुझाएका छन् ।